८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सीको भ्रमण: मित्रताको मूल्य नै सर्वाधिक हुन्छ – प्रधानमन्त्री ओली

सीको भ्रमण: मित्रताको मूल्य नै सर्वाधिक हुन्छ – प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सीको नेपाल भ्रमण मितिबारे भने खुलाएनन् । मित्र राष्ट्रसँगको आपसी मित्रता अभिवृद्धि गर्ने उद्देश्यले नै सीको नेपाल भ्रमण हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भ्रमण अन्य विषयभन्दा बढी आपसी सम्बन्ध विकास र सुमधुर बनाउनेमै केन्द्रित हुने बताए ।

मित्र राष्ट्रसँगको सम्बन्धमा लाभ हानिको हिसाब किताब नहुने उनले बताए । चीनका राष्ट्रपति सीको उच्चस्तरीय भ्रमणले दुई मुलुकबीचको सम्बन्ध बहुआयामिक बनाउन सहयोग पुग्ने उनले बताए । ‘उच्चस्तरीय भेटघाटमा लाभ–हानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिनेछु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसिलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’

चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै उनले दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘महामहिम राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’, उनले भने । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरूलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए ।

‘हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौं, सी पथमा नेपाल गयो भन्नु संकीर्णता हो, विचार शून्यता हो, असहिष्णुता हो,’ उनले भने । भारतीय स्वतन्त्रता संग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसंग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागू गरिने स्पष्ट गरे ।

नेपाल अन्तर्राष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तर दायित्वका साथ अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाए । नेपाल स्वाधीन मुलुकका रूपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्च्याएर आफैं प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गरे ।

‘नेपालले आन्तरिक र बाह्य रूपमा स्वतन्त्र रूपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौं, कतै ढल्कँदैनौं । नेपाललाई भूपरिवेष्ठितबाट भूजडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौं,’ उनले भने । प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गरे । ‘नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो’, उनले भने ।

नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल नेपालको रूपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौं । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौ । हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्व व्यवस्थाका नीति, संयुक्त राष्ट्रसंघका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौं ।’

उनले गत वर्षको राष्ट्रसंघको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयलाई राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उनको तर्क थियो । राजधानी दैनिकबाट