८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुर्तीले लिन्छ नेपालमा बर्सेनि २७ हजारको ज्यान

सुर्तीले लिन्छ नेपालमा बर्सेनि २७ हजारको ज्यान
अ अ+ अ-

काठमाडौं। नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले गरेको अध्ययनअनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्रान्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने र कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् । यो अध्ययन नेपालसहित ३३ वटा मुलुकमा गरिएको थियो ।

३३ वटा मुलुकमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलोपटक नेपालमा बिहीबार प्रतिवेदन सार्वजनिक गरिएको हो । सो प्रतिवेदनलाई बिहीबार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्री रिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए । विभिन्न संघसंस्थाले ३३ वटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको आठौं स्थानमा नेपाल छ ।

अध्ययनअनुसार दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेशमा सबैभन्दा बढी उद्यमीको हस्तक्षेप रहेको छ । अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने गरेका छन् । सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गरिरहेका छन् । निर्माता निर्देशकलाई प्रभाव पारी विभिन्न चलचित्रमा कलाकारलाई धूमपान गर्न लगाएका छन् ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावलीअनुसार सुर्तीबाट हुने हानि देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन । प्रतिवेदन सार्वजनिक गर्दै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलबाड गर्न प्रोत्साहन गरिरहेको बताए ।
अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमुना भएको प्रतिवेदनमा उल्लेख छ ।

सुर्ती उद्योगले गर्ने प्रचार तथा प्रवद्र्धनात्मक खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगको हस्तक्षेपलाई न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई बढी जिम्मेवारी र शक्तिसम्पन्न गर्नुपर्ने कुरा प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका कन्ट्री रिप्रिजेन्टिटेटिभ डा. जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सबैभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए ।

नेपालमा अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय कानुनविपरीत खुला रूपमा सुर्ती बेचबिखन हुने गरेको बताए । उनका अनुसार नेपालमा सुर्ती सेवनकै कारण बर्सेनि २७ हजार १ सय ३७ जनाको ज्यान गएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिए । उनले भने, ‘सुर्तीका कारण १० वर्षअघि १६ हजारको मात्र मृत्यु हुन्थ्यो । अहिले एकाएक २७ हजार पुगिसकेको छ ।’

नेपालमा कानुनभन्दा सामाजिक मूल्यमान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाई सुर्ती खानुहुँदैन भने संस्कार बसाउनुपर्नेतर्फ उनको जोड छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए ।

सञ्चारकर्मी भगवती तिमिल्सिनाले सुर्तीजन्य पदार्थका असरका सम्बन्धमा पर्याप्त सूचना हुँदाहुँदै पनि प्रवक्तामार्फत लिनुपर्ने बाध्यताका कारण जनताले समयमै सही सूचना प्राप्त गर्न नसकिरहेको बताए । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पुरस्कारको लोभमा आवश्यक गृहकार्य नगरी सुर्तीको प्याकेटमा ९० प्रतिशत हानिकारक चित्र ल्याउने व्यवस्था ल्याउँदा सुर्ती उद्यमीले चलखेल गर्ने मौका पाएको र मुद्दाको किनारा लाग्न समय लागेको बताए ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले सुर्ती उद्यमीको बदमासीविरुद्ध सशक्त आवाज उठाउन हामी फ्रेमभन्दा बाहिर पनि जान सक्नुपर्ने बताए । राजधानी दैनिकबाट