![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो ।
![](https://newspolar.com/wp-content/uploads/2019/09/paisa.jpg)
विजयादशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताउनुभयो । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।
महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ । उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ ।