• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

श्रीलंकाका राष्ट्रपतिद्वारा पुन : उम्मेदवार नहुने घोषणा



कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष परिवारका दुई सदस्यले उम्मेदवारी दिएका छन् । श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसोसम्मका लागि तोकिएको समयसीमाभित्र ४१ जनाले उम्मेदवारी दिएको जनाएको छ । उम्मेदवार हुन दर्ता शुल्क समेत बुझाउनुभएका राष्ट्रपति सिरिसेनाले अन्तिम समयमा राष्ट्रपति पदका लागि उम्मेदवारी नदिनु भएको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का प्रवक्ताले पनि राष्ट्रपतिले पुनः उम्मेदवारी दिन अस्वीकार गर्नुभएको पुष्टी गर्नुभयो । गत वर्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदच्यूत गरी पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उहाँ विवादमा तानिनुभएको थियो । तर श्रीलंकाली सर्वोच्च अदालतले सिरिसेनाको कार्यलाई अवैधानिक बताउँदै विक्रमासिंघेलाई नै पुनर्वहाली गर्न आदेश दिएको थियो । राजपाक्षका दुई जना दाजुभाइ गोटाभाया र चमलले उम्मेदवारी दिनुभएको छ । यस्तै विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका उपनेता सजिथ प्रेमदासाले पनि उम्मेदवारी दिनुभएको छ ।

श्रीलंकाको वर्तमान राजनीतिक परिदृश्यमा मुलुकको पूर्व रक्षामन्त्री समेत रहेका गोटाभाया निकै शक्तिशाली उम्मेदवारी मानिएका छन् । तर उहाँमाथि धेरैवटा भ्रष्टाचारका आरोपहरुका साथै श्रीलंकाली नागरिक रहेनरहेको बारेमा विवाद छ । उहाँले सन् २००३ मा लिएको अमेरिकी नागरिकता त्यागेको घोषणा गर्नुभएको छ ।

तर उहाँको योग्यतामाथि अझै पनि प्रश्न उब्जिएको छ । त्यहीकारण राजपाक्ष परिवारका तर्फबाट संसदका पूर्व सभामुख समेत रहनुभएका चमललाई पनि उम्मेदवार बनाइएको छ । चुनावका लागि करिब १ करोड ६० लाख जनता मतदाता सूचीमा रहेका छन् ।