२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसदमा उठेका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाउनुभएको हो ।

सांसद थेबेले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गर्नुभयो । सरकारले निर्वाचनका समयमा गरेका वाचाहरू र नीति तथा कार्यक्रमबीच कुनै तालमेल नदेखिएको उहाँको तर्क छ। बजेट निर्माण प्रक्रियामा देखिएका गम्भीर त्रुटी र करका दर हेरफेरका विषयमा पनि सांसद थेबेले सरकारको आलोचना गर्नुभयो ।

विगतमा सानो त्रुटी हुँदा समेत छानबिन समिति बन्ने गरेको स्मरण गराउँदै उहाँले अहिले बजेट वक्तव्य सार्वजनिक हुनुपूर्व नै सूचना बाहिरिँदा र सात–सात पटक दर रेट हेरफेर हुँदा समेत सरकारले कुनै जवाफदेहिता नदेखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले परीक्षा नै दिएको छैन भने हामीले कसरी अंक दिने ? प्रधानमन्त्रीज्यू संसदमा आउनुहुन्न, प्रश्नहरूको जवाफ दिनुहुन्न। पुरानो दलले यसो ग¥यो र उसो ग¥यो भनेर मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन । यति धेरै जवाफहीनता र जनताका प्रश्नबाट भाग्ने काम इतिहासमा यसअघि कहिल्यै भएको थिएन ।’

सांसद थेबेले सरकारका केही कदमहरूमाथि व्यङ्ग्य गर्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको, राजनीतिक मुद्दाहरूमा दोहोरो मापदण्ड अपनाइएको र सार्वजनिक यातायातको रङ परिवर्तनजस्ता सतही काममा मात्र सरकार अल्झिएको आरोप लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल