• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

राष्ट्रपति सीको भव्य स्वागत तयारीमा जुट्दै सरकार, रातारात बन्दै सडकखण्डहरु



काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुख स्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ । भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ ।

अहिलेसम्म भएको तयारीअनुसार रेल निर्माणका लागि मिश्रित मोडालिटीमा हस्ताक्षर हुनेछ । बुधबार अबेरसम्म भएको छलफलअनुसार चीनले अनुदान र ऋण दुवै दिनेछ भने नेपालले पनि लगानी गर्नेछ । चीनले करिब ५० प्रतिशत अनुदान र २५ प्रतिशत ऋण दिने तथा नेपालले २५ प्रतिशत लगानी गर्ने सहमति भएको छ । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एकान्त वार्तामा यससम्बन्धी ठोस मोडालिटी टुंगिनेछ ।

स्रोतका अनुसार नेपालले रेलमार्गमा ८० प्रतिशत अनुदानका लागि चीनसँग छलफल गरिरहेको छ । शीर्ष वार्तामा सहमति भए समझदारीपत्र आदानप्रदान हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग निर्माणसम्बन्धी एजेन्डालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । ‘बढीमा लगानी मोडालिटीमा र कम्तीमा विस्तृत सम्भाव्यता अध्ययनमा समझदारी हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने । अध्ययनका लागि आवश्यक लागत चीनले बेहोर्नेसम्मको समझदारी हुन सक्छ ।

यसअघि २४ मंसिर ०७५ मा चिनियाँ राष्ट्रिय रेल्वे संस्थाको अध्ययन टोलीले गरेको पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि सम्भव रहेको देखाइसकेको छ । अध्ययनअनुसार नेपाली भू–भागमा मात्र रेलमार्गको लम्बाइ ७२ किलोमिटर रहनेछ । त्यस्तै, अन्तिम बिन्दु टोखा हुने सम्भाव्यता अध्ययनले देखाएको थियो । लागत भने तीन सय अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

अरनिको राजमार्ग स्तरोन्नतिदेखि टोखा–छहरे सुरुङमार्ग छलफलका एजेन्डा चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गर्दै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नेपाल–चीन जोड्ने तातोपानी सीमा–नाका (मितेरी पुल) देखि धुलिखेलसम्म डबल लेन कालोपत्रे गर्ने विषय दुईपक्षीय भेटघाटमा उठाइनेछ । याक हिँड्ने बाटोलाई सन् १९६० मा चिनियाँ सहयोगमै सडकमा रूपान्तरण गरिएको थियो । अरनिको सडक नेपाल–चीन जोड्न पहिलो राजमार्ग हो ।

सिंहदरबारनजिकै माइतीघर मण्डलादेखि सुरु हुने यो राजमार्ग कोदारीस्थित मितेरी पुलमा गएर टुंगिन्छ । ११२ दशमलव ८३ किलोमिटर कुल लम्बाइको यो राजमार्गको धुलिखेलदेखि कोदारीसम्मको दूरी भने ८२ दशमलव ८३ किलोमिटर छ । काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव नेपालले गर्नेछ ।

नेपाल–चीन जोड्ने अर्को प्रमुख नाका केरुङ र काठमाडौं जोड्ने सडक काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ थप व्यवस्थित रूपमा निर्माण र स्तरोन्नतिका लागि पनि नेपालले चीनलाई प्रस्ताव गर्दै छ । दुई ठाउँमा सुरुङमार्ग खोलेर सडक छोट्याउन सीको भ्रमणमा प्रस्ताव गर्न लागेको हो । काठमाडौंस्थित टोखाबाट सुरुङमार्ग हुँदै छहरे–ढिकुरे–गँगटेनजिक पुरानो सडकमा लगेर जोड्ने गरी नयाँ प्रस्ताव तयार गरिएको छ ।

तर, निर्माण थाल्नुअघि अत्यावश्यक कुनै तहको अध्ययन अहिलेसम्म भएको छैन । यसकारण तत्काल अध्ययन थाल्ने र निर्माणको लागि एजेन्डमा राखिनेछ । यस सुरुङमार्गलाई सम्भाव्यता वा पूर्वसम्भाव्यता अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । सडक विभागका अनुसार यो सुरुङ ४ देखि ६ किलोमटिर लम्बाइको हुने अनुमान छ । त्यस्तै, यही सडकअन्तर्गत बेत्रावतीदेखि रसुवागढीसम्म नयाँ सुरुङमार्ग प्रस्ताव गरिएको छ ।

यसको लम्बाइ करिब २० किलोमिटर हुने सडक विभागका अधिकारी बताउँछन् । निर्माणको चरणमा पुग्नुअघि करिब २ वर्ष अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ । हाल काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ सडकको लम्बाइ ८२ किलोमिटर छ । दुई सुरुङमार्ग बने यो सडकको दूरी करिब आधा नै छोटिने अधिकारीहरू बताउँछन् ।

नेपाल–चीन जोड्ने हिल्सा, कोरला र किमाथांका नाकामा भन्सार कार्यालय, सुरक्षा पोस्टलगायत पूर्वाधार निर्माण गर्ने एजेन्डा पनि नेपाली पक्षले प्रस्ताव गर्दै छ । ‘यी नाकाको विकासले दुई देशमा भइरहेको उत्पादन र उपभोक्तालाई सजिलो बनाउनेछ,’ सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने । यी विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको र भ्रमणको दौरानमा पनि थप परिस्कृत हुने उनले बताए । अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण र सीमा व्यवस्थापन पनि नेपालका एजेन्डा छन् । नयाँ पत्रिका दैनिकबाट