८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

रोल्पामा भेटियो ‘जनयुद्ध’ बेलाको लुकाएर राखिएका हातहतियार र विस्फोटक पदार्थ

रोल्पामा भेटियो ‘जनयुद्ध’ बेलाको लुकाएर राखिएका हातहतियार र विस्फोटक पदार्थ
अ अ+ अ-

रोल्पाः कुनै बेला माओवादीको उद्गमस्थल मानिएको रोल्पाको उत्तरी भेगमा ‘जनयुद्ध’ ताका लुकाएर राखिएका ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला परेको छ। शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछिआपूmसँग भएका हातहतियार ‘खोलाले बगाएको’ टिप्पणी गरेका थिए।

रोल्पाको उत्तरी कुलेरी भित्रीवनको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन्। स्थानीय वासिन्दाका अनुसार सशस्त्र युद्धताका यहाँ हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गरेको थियो। युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए।

वैदेशिक रोजगारमा गएर फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेतालाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको हो। गोठमा ठूलो परिमाणमा युद्ध सामग्री देखेर गोठधनी बुढाले ती सामान हटाइदिन आग्रह गरेका थिए। गत असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिएको स्थानीयले बताए।

गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, हतियार, गोली र विष्फोटक सामग्री फेला परेका थिए। गोठबाट एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेको छ। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको छ। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डेटोनेटर–७५’ थान ५, ‘डेटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको छ।

कतिपय हतियार, बम, गोली र बारुद काम नलाग्ने अवस्थाका भए पनि हजारौंको संख्यामा रहेको एम १६ को गोली र बम प्रयोग योग्य छन्। खिया लागेर काम नलाग्ने अवस्थाका युद्ध सामग्री नेपाली सेनाको डिस्पोजल टोलीले गोठ नजिकै डिस्पोज गरेको थियो। सुरक्षित अवस्थामा रहेका ‘लाइभ’ (विष्फोट योग्य) युद्ध सामग्री भने सेनाले लगेको स्थानीयले आफ्नो नाम उल्लेख नगरीदिन आग्रह गर्दै जानकारी दिए।

स्थानीयकै सूचनाका आधारमा यी सामग्री फेला परेका हुन्। युद्धताका यहाँ हातहतियार उत्पादन गर्ने गोप्य थलो रहेको बुझिएको छ। शान्ति प्रक्रियापछि युद्ध सामग्री भण्डारण गरिएको गोठको कसैले चासो नदिएको उनीहरु बताउँछन्। सुरक्षा स्रोतका अनुसार गोठमा रहेको युद्ध सामग्री नियन्त्रणमा ल्याउनेबारे असोज १० गते जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह उपस्थित थिए।

स्थानीयबाट युद्ध सामग्री हटाउनेबारे तत्कालीन नेकपा माओवादीका उच्च तहका नेतालाई पहल गर्न गुहार मागेका थिए। उच्च सुरक्षा निकायबाट नै नेपाली सेनाको डिस्पोजलसम्बन्धी विशेष टोली भित्रिवन पठाएको थियो। लिबाङस्थित खड्ग दल गणबाट पनि नेपाली सेनाको टोली गएको थियो। यद्यपि युद्ध सामग्री नियन्त्रणबारे सार्वजनिक गरिएको छैन।

नेपाली सेना स्रोतले त्यस क्षेत्रमा युद्ध सामग्री रहेकोबारे खोजी कार्य जारी रहेको र केही युद्ध सामग्री बरामद पुष्टि गरेको छ। केकति परिमाणमा युद्ध सामग्री फेला परेको भन्ने बारे विस्तृत विवरण नआएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘त्यस क्षेत्रमा विष्फोटका सामग्री रहेको भन्ने सूचनाको आधारमा सर्च कार्य जारी छ। विस्तृत विवरण आएपछि जानकारी गराउँछौं।’ अन्नपुर्णपोष्ट दैनिकबाट