८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हिलाम्मे भिआइपी सडक, सर्वसाधारणलाई सास्ती

हिलाम्मे भिआइपी सडक, सर्वसाधारणलाई सास्ती
अ अ+ अ-

काठमाडौं । अरनिको राजमार्गबाट बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरतर्फ जाने दुईवटा सडक छन् । कौशलटारबाट बालकोट छिर्ने सडक प्रधानमन्त्रीको घरसम्मै कालोपत्रे छ । चारदोबाटोदेखि बालकोट छिर्ने सडकको केही भाग मात्रै कालोपत्रे छ, बाँकी भाग हिलाम्मे छ । सवारीसाधन पानी छ्याप्दै गुड्छन् । सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे बन्छ ।

स्थानीय हिलो र धुलाका कारण सास्ती व्यहोर्न बाध्य छन् । प्रधानमन्त्री ओलीको घरसँगै सरकारी अधिकारी, राजनीतिक नेतृत्व, विभिन्न संघसंस्थामा उच्च अधिकारीलगायतको आवास क्षेत्रका रूपमा चिनिएको बालकोट पुग्ने यी दुवै सडक आवतजावतका हिसाबले महत्वपूर्ण छन् । तर, चारदोबाटो–बालकोट सडकको नाम नै भिआइपी मार्ग राखिएको छ । भिआइपी मार्ग प्रवेश गरेर हनुमन्ते पुल तरेपछि सडक कति भिआइपी छ भन्ने पत्तो लाग्छ ।

सडक निर्माणको काम चुस्त रूपमा नहुँदा स्थानीयले सास्ती पाएका छन् । सूर्यविनायक नगरपालिकाको वडा नं. १, २ र ३ समेटिएका यी सडक अव्यवस्थित निर्माणका कारण अवरुद्धजस्तै छन् । हिलाम्मे सडकले सवारी गुडाउन समस्या छ । निर्माण कम्पनीले समयमै काम नगर्दा सडक क्षतिग्रस्त बनेका र आवतजावतमा सास्ती भएको स्थानीय बताउँछन् । बस्तीभित्र एम्बुलेन्ससमेत छिर्ने सडक नरहेपछि सडक निर्माणमा चरम लापरबाहीको महसुस भएको स्थानीय निरञ्जन खत्री बताउँछन् ।

‘देशका लब्धप्रतिष्ठित व्यक्तिहरू यहाँ बस्छन्, तर सडक बनाउन कसैले चासो दिएका छैनन्, प्रधानमन्त्रीको घरअगाडिसम्म सडक कालोपत्रे छ, त्यसपछि कच्ची,’ खत्री भन्छन् । भिआइपी मार्गलाई फुटपाथसहित ढल र चौडा विस्तारका लागि सरकारले पाँच करोड रुपैयाँमा टेन्डर लगाएको थियो । सडक स्तरोन्नति र कालोपत्रेका लागि सांसद महेश बस्नेतले शिलान्याससमेत गरे । तर, कामले गति नलिँदा सडकको अवस्था सुध्रिएको छैन ।

बालकोट–सिरुटार सडकमा समस्या
सिरुटार भित्रिने मुख्य सडक एक महिनादेखि अवरुद्ध जस्तै छ । दसैँको बेलामा स्थानीय बासिन्दालाई आवतजावत गर्न र सामान ढुवानी गर्न कठिनाइ भएको छ । निरन्तरको वर्षाका कारण बालकोट–सिरुटार सडक अवरुद्ध बनेको र वडावासीलाई सास्ती भएको वडाध्यक्ष सानुकाजी कायस्थले बताए । ‘वडा भित्रिने मुख्य सडक नै महिनौँदेखि अवरुद्ध जस्तै छ, वैकल्पिक सडक पनि छैन, चाडबाडका वेला आवतजावत र सामान ढुवानीका लागि सास्ती भएको छ,’ वडाध्यक्ष कायस्थले भने ।

अरनिको राजमार्गको कौशलटारदेखि बालकोट हुँदै सिरुटार जाने सडकको अधिक खण्ड कालोपत्रे भइसकेको छ । तर, बालकोट–सिरुटार खण्डको एक किमि सडक वर्षौँदेखि बनेको छैन । सडक डिभिजन कार्यालयले ठेक्का लगाए पनि ठेकेदारले काममा ढिलाइ गर्दा समस्या भएको स्थानीय बताउँछन् । डिभिजन सडक कार्यालयले सडक विस्तार, ढल निर्माण र कालोपत्रेका लागि तीन करोडमा पिएसके घिसिङ जेभीलाई निर्माणको जिम्मा दिएको थियो ।

तर, म्याद सकिन करिब दुई महिना मात्रै बाँकी रहँदा ठेकेदार कम्पनीले २० प्रतिशत मात्रै काम गरेको इन्जिनियर बालेश्वर खड्काले बताए । ‘करिब चार सय मिटर सीमांकनवाल लगाइएको छ, जमिनमुनि ढल राख्ने र तत्काललाई ग्राभेल गर्ने काम भइरहेको छ,’ फिल्डमा खटिएका कार्यालयका सुपरभाइजर रामबहादुर केसीले भने । कार्यालयले ४–५ मिटरको सडकलाई फुटपाथसहित ११ मिटरको बनाउन योजना अघि सारेको थियो ।

एक किलोमिटर सडक बिग्रिँदा पूरै आवतजावत ठप्प भएको भन्दै स्थानीयवासी आक्रोशित छन् । सडक भत्काएर महिनौँसम्म नाली व्यवस्थित नगरिदिँदा पानी पर्नासाथ सडकको भेल घरभित्र पस्ने गरेको स्थानीयवासी खत्रीले बताए । ‘सडक बनाउने भन्छन्, महिनौँ बितिसक्यो, भएको पनि भत्काए, अब राम्रो सडक बनाउने कहिले हो, टुंगो छैन ?’ उनले भने । नयाँ पत्रिका दैनिकबाट