८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दसैंमा पनि पोखरा रंगशाला निर्माण कार्य निरन्तर

दसैंमा पनि पोखरा रंगशाला निर्माण कार्य निरन्तर
अ अ+ अ-

पोखरा । बडा दसैंमा पनि पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको काम तीव्र गतिमा भएको छ। नेपालमा मंसिर १५ गते देखि २४ गते सम्म हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता आयोजना हुनेछ। स्टेडियम निर्माण ढिलाइकै कारण पोखरा रंगशालामा हुने महिला फुटबल प्रतियोगिता नरोकियोस् भनेर दसैंको टीकाको एक दिन मात्र काम रोकिएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले जानकारी दिए।

सागलाई ध्यानमा राखेर पछिल्लो समय निर्माण प्रक्रिया तीव्र बनाइएको उनले बताए। साग खेलकुदलाई लक्षित गरी पहिलो चरणमा १० हजार दर्शक क्षमताको फुटबल स्टेडियम तयार भइसक्ने इन्जिनियर बरालले जानकारी दिए। बाँकी सम्पूर्ण काम साग सकिएलगत्तै सुरु भएर आगामी फेब्रुअरीभित्र स्टेडियम हस्तान्तरण गर्ने गर्ने उनले बताए। प्यारापिटका सम्पूर्ण सामग्री फ्रान्सबाट छिट्टै नेपाल आइपुग्ने उनले विश्वास व्यक्त गरे।

अहिले प्यारापिटको फाउन्डेसनको काम भइरहेको छ। सामग्री समयमै आएमा त्यसलाई फिट गर्न धेरै समय नलाग्ने उनले बताए। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले पनि पोखरामा हुने भनिएका सम्पूर्ण खेल पूर्वाधार समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन्।अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम एक अर्ब २८ करोड २२ लाख १८ हजार एक सय ७४ रुपैयाँ बजेटमा बनिरहेको छ।

फुटबल स्टेडियम १६ हजार पाँच सय क्षमताको हुनेछ। यसलाई केही एक्सपान्सन गरेर १८ हजार एक सय ५० दर्शकसम्म बस्न सक्ने क्षमताको बनाउन मिल्ने इन्जिनियर बरालले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत रहनेछ। फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनुपर्नेछ। स्टेडियमलाई आधुनिक फ्लड लाइटसहित स्कोर बोर्ड, डिस्प्ले बोर्डसमेत हुनेछ।

स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिने भएको छ। फुटबल स्टेडियम २०७६ को असार महिनाभित्र निर्माण सम्पन्न गरेर बुझाइ सक्नुपर्ने सयमसीमा राखेर गत फागुन २७ गते शिलान्यास भएको थियो। ठेक्का पाएर निर्माणको काम सुरु हुनलाग्दा अख्तियारमा मुद्दा पर्नु, रकम भुक्तानी दुई महिना ढिला हुनुलगायतका कारणले निर्माणको काम ढिला भएको निर्माण कम्पनीले जनाएको छ। ग्लोबल टेन्डरबाट फुटबल स्टेडियम निर्माणको काम ग्रेट स्पोर्ट्स इन्फ्रा प्रालि भारत र एमए कन्स्ट्रक्सन प्रालि जावलाखेलले संयुक्त रूपमा पाएका थिए।

२०७४ को पुस महिनामा नयाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्ने भन्दै पोखरा रंगशालाको पुराना स्टेडियम भत्काइएको थियो। पुरानो स्टेडियम भत्काएको १४ महिनापछि नयाँ फुटबल स्टेडियम निर्माणका लागि शिलान्यास भएको थियो। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको फुटबल स्टेडियम मर्मतसम्भारको अभावमा जीर्ण भइसकेको थियो। अन्नपुर्णपोष्ट दैनिकबाट