३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता

सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता
अ+ अ-

काठमाडौं । बिभिन्न राजनीतिक दलका नेताहरुले चीन–नेपाल दुई देशबीचको मैत्री, विश्वास र सहयोगलाई थप मजबुत बनाउँदै क्षेत्रीय शान्ति, स्थायित्व र साझा विकासमा अझ ठूलो योगदान पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापना भएको १०५औँ वर्षको अवसरमा आयोजित ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीमा उनिहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गोष्ठीमा विभिन्न नेपाली राजनीतिक दलका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ पक्षले नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको चिनियाँ कम्युनिष्ट पार्टी नेपालका सबै राजनीतिक दलसँग सहकार्यलाई निरन्तर विस्तार र गहिरो बनाउँदै लैजान इच्छुक रहेको जनाएको छ।

बक्ताहरुले आर्थिक विकासका मोडेलहरू, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र क्षेत्रीय कनेक्टिभिटी फ्रेमवर्कहरूको समेत समीक्षा गरेका छन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, रास्वपा महामन्त्री विपिन आचार्य, कांग्रेस नेता उदय शमशेर राणा, एमाले नेता रघुवीर महासेठ, श्रम संस्कृति पार्टीका नेता आरेन राई, जनमत पार्टीका नेता जयकान्त राउत र राप्रपा नेता ज्ञानेन्द्र शाहीले आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रममा कसले के भने ?

सीपीसीको ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताउनुभएको छ ।

नेता खनालले कुनैपनि पार्टी र राज्य सञ्चालनका लागि सही वैचारिक कार्यदिशा, सुदृढ अनुशासन र भ्रष्टाचार विरुद्धको कडा कदम अपरिहार्य हुने उल्लेख गर्नुभएको हो । सीपीसीबारे चर्चा गर्दै नेता खनालले माओत्सेतुङ, देङ सियाओपिङ र सी चिनफिङको नेतृत्वमा चीनले प्रत्येक युगका चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेको बताउनु भयो ।

नेता खनालले चीनले विदेशी मोडलको अन्धनुकरण नगरी आफ्नै विशिष्टता र मौलिकतामा आधारित ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अवलम्वन गरेका कारण ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्नुभयो । तिब्र आर्थिक वृद्धि, गरिबी निवारण र आधुनिक पूर्वाधारको विकास गर्दै सन् २०४९ सम्ममा एक समृद्ध र आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने चीनको लक्ष्य विश्व समुदायका लागि विकासको वैकल्पिक मार्गचित्र भएको उहाँको तर्क छ ।

नेपालले वाह्य खाकाहरूलाई हुबहु नक्कल गर्नुभन्दा आफ्नै भूराजनीतिक अवस्था, ऐतिहासिक सांस्कृतिक विरासत र घरेलु यथार्थमा आधारित सामाजिक–आर्थिक मार्गचित्र तयार गर्नुपर्नेमा खनालले जोड दिनुभयो । उहाँले सीपीसीको सफलताबाट नेपालले बलियो राजनीतिक संस्था, दीर्घकालीन स्थिरता र संस्थागत उत्तरदायित्वका पाठहरू सिक्नुपर्ने बताउनु भयो ।

नेपाल र चीनबीचको सात दशक लामो सम्बन्धलाई ‘शान्तिपूर्ण सहअस्तित्वको अनुपम नमूना’का रूपमा चित्रण गर्दै पूर्वप्रधानमन्त्री खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल ‘एक चीन नीति’ प्रति सदैव प्रतिवद्ध रहेको र नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पुनरावृत्ति गर्नुभयो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त भएको ‘नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित मुलुक बनाउने’ दृष्टिकोणलाई साकार पार्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजनाहरूलाई तिब्रता दिनुपर्ने उहाँको भनाइ छ । परम्परागत कुटनीतिभन्दा माथि उठेर आर्थिक साझेदारी र राजनीतिक संवादका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले ट्रान्स–हिमालयन कनेक्टिभिटीको कार्यान्वयनमा जोड दिनुभयो । न्युज एजेन्सी नेपाल–

छिमेकीको समृद्धिबाट नेपालले लाभ लिनुपर्छः महामन्त्री आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताउनुभएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री आचार्यले विगत एक शताब्दीमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले देशलाई संकटबाट समृद्धितर्फ डो¥याउन खेलेको भुमिका विश्वकै लागि उदाहरणीय रहेको बताउनु भयो ।

नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक सीमानामा मात्र सिमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक र भावनात्मक रूपमा जोडिएको उहाँले उल्लेख गर्नुभयो । दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको चर्चा गर्दै उहाँले आगामी दिनमा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा सक्षम र समर्पित राजनीतिक दलले कसरी देशलाई प्रतिकूलताबाट समृद्धितर्फ लैजान सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ । नयाँ दलका रूपमा रास्वपाले सीपीसीको यो सफल यात्राबाट धेरै कुरा सिक्न सक्छ । हाम्रा विचारधारा फरक होलान्, तर जनताको सेवा गर्दा नै राजनीतिक दल र अन्ततः देशको प्रगति हुन्छ भन्ने साझा मान्यतामा हामी एक छौँ । छिमेकी समृद्ध हुँदा त्यसको प्रत्यक्ष–परोक्ष लाभ हामीलाई पनि हुन्छ । समृद्ध छिमेकीबाट हामीले प्रविधि, पूर्वाधार विकास र जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।’
सीपीसी र रास्वपाको राजनीतिक विचारधारा र शासन पद्धतिमा भिन्नता भएपनि दुवैको मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै रहेको उहाँले प्रस्ट पार्नुभयो ।

नेपाल हाल विकासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले छिमेकी राष्ट्रको प्रगतिबाट अधिकतम लाभ लिँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस एक–चीन नीतिप्रति दृढतापूर्वक प्रतिबद्ध: राणा

नेपाली कांग्रेस नेता उदय शमशेर राणाले पार्टी सभापति गगन थापाको वर्तमान नेतृत्वमा नेपाली कांग्रेस एक–चीन नीतिप्रति दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले आधुनिक नेपाल–चीन सम्बन्धको जग ऐतिहासिक कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री बी।पी। कोइरालाको सरकारको पालामा निर्माण भएको स्मरण गर्दै दुई देशबीच सुदृढ सहकार्यमा जोड दिनुभयो ।

भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्राथमिकताः रघुवीर महासेठ

नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपालको विकासका प्राथमिकताहरू स्पष्ट रहेको उल्लेख गर्दै नेता महासेठले गुणस्तरीय शिक्षा, स्वास्थ्य र नवीन खोजमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, सामाजिक न्याय र नेपालको मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु राज्यको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको उहाँले बताउनु भयो । नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै उपमहासचिव महासेठले दुई देशबीचको मित्रता आपसी सम्मान, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्नुभयो । पञ्चशीलको सिद्धान्तबाट निर्देशित नेपाल–चीन सम्बन्ध दशकौंदेखि मजबुत र स्थिर रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले युवाहरूका लागि अर्थपूर्ण रोजगारी सिर्जना गर्नुपर्छ र डिजिटल अर्थतन्त्र तथा उदीयमान प्रविधिले सिर्जना गरेका अवसरहरूलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्छ । आज नेपाल र चीनबीचको सहकार्य पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्धसम्म विस्तार भएको छ । यो साझेदारीले नेपालको विकासको आकांक्षालाई मात्र नभई क्षेत्रीय कनेक्टिभिटी, स्थिरता र साझा समृद्धिलाई समेत टेवा पु¥याएको छ ।’

विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुने उहाँको तर्क छ । नेपाल र चीनले सधैं एकअर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र विकासको छनोटलाई सम्मान गर्दै आएको स्मरण गर्दै उहाँले आगामी दिनमा दुई देशबीचको पारस्परिक हितमा आधारित साझेदारी अझ गहिरो हुने विश्वास व्यक्त गर्नुभयो ।

‘विकास आयात गर्न सकिँदैन, नेपाली माटो अनुकूलको मोडेल आवश्यक’: नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको अनुकरण गर्न नहुने बताउनुभएको छ ।

उहाँले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य देशमा सफल भएको विकासको मोडेल नेपालको भौगोलिक र सामाजिक परिवेशमा हुबहु लागू हुन नसक्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकासको नेपाली मार्ग निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको वर्तमान समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको उहाँको तर्क छ ।

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जाको अधिकतम उपयोग आवश्यक रहेको बताउनु भयो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन दीर्घकालीन संरचनात्मक लगानी र पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘विकास बाहिरबाट आयात गर्न सकिने विषय होइन, न त कुनै अर्को देशको विकासको मोडेललाई जस्ताको तस्तै नक्कल गरेर सफलता हासिल गर्न सकिन्छ । एउटा देशमा सफल भएको विकास मोडेल हिमालको काखमा रहेको नेपालमा हुबहु लागू हुन सक्दैन । नेपालको विकासको मार्ग नेपाली यथार्थ, राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्माण गरिनुपर्छ । आज हाम्रो सबैभन्दा ठूलो समस्या सम्भावनाको अभाव होइन, कार्यान्वयनको कमजोरी हो । नेपाल प्राकृतिक स्रोत, अपार जलस्रोत तथा विश्वका दुई ठूला अर्थतन्त्रबीच अवस्थित रणनीतिक भौगोलिक अवस्थाले सम्पन्न राष्ट्र हो । तर दुःखको विषय, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हरेक दिन हजारौँ प्रतिभाशाली र ऊर्जाशील नेपाली युवाहरू आफ्नो भविष्य निर्माणका लागि विदेशतर्फ प्रस्थान गरिरहेका छन् । यसको प्रमुख कारण उनीहरूले आफ्नै देशमा पर्याप्त अवसर प्राप्त गर्न नसक्नु हो । आज नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु होइन, मानव स्रोत बन्दै गएको छ । हामीले अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नुपर्ने अवस्थामा आफ्ना दक्ष र सक्षम जनशक्ति नै विदेश पठाइरहेका छौँ । यही कारणले देशको दीर्घकालीन विकास र आर्थिक रूपान्तरणको गति अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । अब स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको अधिकतम उपयोग तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने पूर्वाधार निर्माणमा दीर्घकालीन र संरचनात्मक लगानी गर्न आवश्यक छ । नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहँदै आएको छ । आर्थिक रूपमा आत्मनिर्भर, शक्तिशाली र स्थिर नेपाल नै हाम्रो क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको सबैभन्दा बलियो आधार हो ।’

नेपाल–चीन सम्बन्धका बारेमा चर्चा गर्दै नेता शाहीले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान र अनाहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको बताउनु भयो । उहाँले एक शक्तिशाली र आर्थिक रूपमा आत्मनिर्भर नेपाल नै यस क्षेत्रको शान्ति र स्थिरताको आधार भएको उल्लेख गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक यात्राबाट नेपालले सुशासन र विधिको शासनका सन्दर्भमा महत्वपूर्ण पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो । नेपालको विद्यमान राजनीतिक प्रवृत्तिको आलोचना गर्दै उहाँले राजनीतिक नियुक्तिहरूमा अझै पनि दलीय भागबण्डा र कार्यकर्ता भर्तीको पुरानो संस्कार कायम रहेको बताउनु भयो । पात्रहरू फेरिए पनि प्रवृत्ति नफेरिएको र विधिको शासन स्थापित हुन नसकेको भन्दै उहाँले यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा श्रम संस्कृति पार्टीका नेता आर्यन राईले  सहकार्यात्मक संलग्नता मार्फत नेपालको भविष्यको विकास प्रक्रिया र पूर्वाधार लक्ष्यहरूको सुधारका लागि सकारात्मक योगदान पुर्‍याउन आफ्नो पार्टी समर्पित रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चिनियाँ राजदुतका चार बुँदे प्रश्ताव

नेपालका लागि चीनका राजदुत झ्याङ माओमिङले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रश्ताव अघि सार्नुभएको छ ।

राजदुत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै दुई देशका राजनीतिक दलहरूबीच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यासहरू साटासाट गर्नुपर्ने बताउनु भयो । नेपालको विकास रणनीतिसँग बीआरआईलाई जोड्दै ‘ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को निर्माणलाई तिब्रता दिने बताउनु भयो ।

संयुक्त राष्ट्र संघ र साङ्घाई सहयोग संगठन जस्ता मञ्चहरूमा समन्वय गर्दै राष्ट्रपति सी जिनपिङद्वारा प्रश्तावित ग्लोवल डेभलपमेन्ट, ग्लोवल सेक्युरिटी, ग्लोवल सिभिलाइजेसन र ग्लोवल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले युवा पुस्ताबीच भ्रमण र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्ने पनि बताउनु भयो ।

पार्टीको सफलता र विशेषताबारे चर्चा गर्दै राजदुतले सीपीसी विश्वकै ठूलो सत्तारुढ दल भएको र यसमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठनहरू रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सीपीसीका ६ वटा विशिष्ट गुणहरूमा सत्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारी वोध, विकासको प्रवृत्ति पछ्याउने क्षमता, सङ्घर्ष गर्ने शाहस र आत्म–सुदृढीकरणको प्रतिवद्धता रहेको बताउनु भयो ।

पार्टी निर्माण र सुशासनका सम्बन्धमा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी सी चिनफिङ विचारधारा’ को व्याख्या गर्दै राजदुतले १४ वटा मुख्य सिद्धान्तमध्ये पाँच बुँदामा विशेष जोड दिनुभयो । जसमा पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र आत्म–सुधार (भ्रष्टाचार नियन्त्रण) रहेका छन् । सन् २०२२ मा मात्रै भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरी करिव ९ लाख ८३ हजार व्यक्तिलाई अनुशासनको कारबाही गरिएको उहाँले बताउनु भयो ।

विश्वमा देखा परेका विभिन्न सुरक्षा चुनौतीहरूका बीच चीनले नेपालका सबै राजनीतिक दलहरूसँग मिलेर साझा भविष्य निर्माण गर्न, विश्व शान्ति प्रवद्र्धन गर्न र मानव प्रगतिको यात्रामा योगदान पु¥याउन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । न्युज एजेन्सी नेपाल