२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत



अ+ अ-

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।

बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बँुदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताउनुभयो ।

“बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उहाँले भन्नुभयो, “अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी ९आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ ।” बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ । रासस