२० भाद्र २०८३, शनिबार
,
Latest
बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

काठमाडौँ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको शिक्षा क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका अवसरमा जिपी कोइराला मेमोरियल कलेज चाबहिलले आज यहाँ आयोजना गरेको १५औँ वार्षिकोत्सवमा मुख्यमन्त्री बानियाँले भन्नुभयो, “विसं २०४६ को परिवर्तनपछि गिरिजाबाबुको नेतृत्वमा बनेको सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याएको हो ।”

मुख्यमन्त्री बानियाँले नेपालमा लोकतन्त्रको संस्थागत विकास, शान्ति प्रक्रिया र राष्ट्रिय एकताका लागि गिरिजाप्रसाद कोइरालाले पु¥याउनुभएको योगदान ऐतिहासिक रहेको बताउनुभयो ।

उहाँले मुलुकको राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको विकासमा कोइरालाको दूरदर्शी सोच प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो । गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी शिक्षामार्फत सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले जिपी कोइराला मेमोरियल कलेजले विगत १५ वर्षदेखि शिक्षा क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक संस्था बन्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कलेजलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रासस