• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

२३ वर्षपछिको चीनको नेपाल भ्रमण: रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा नेपाल



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपालको दुईदिने राजकीय भ्रमणलाई नेपाली पक्ष भौतिक पूर्वाधार र विकास निर्माणमा सदुपयोग गर्ने प्रयासमा छ ।२३ वर्षपछि भएको चीनको उच्चस्तरीय भ्रमणलाई नेपाल रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार साँझ काठमाडौं ओर्लिएका छन् ।

चिनियाँ राष्ट्रपतिको यो भ्रमण विगत २३ वर्षपछि भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।सीको भ्रमणमा नेपालले थुप्रै भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित परियोजनालाई अघि सार्ने तयारी गरेको छ ।नेपालले केही समययता निकै चर्चा र आशाको शिखरमा रहेको केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफलको तयारी गरेको छ ।

चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
रेलमार्ग निर्माणको मोडालिटीको विषयमा आइतबार (आज) चिनियाँ पक्ष र नेपाल पक्षबीच छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरेको छ ।

सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा रेलमार्गबारे छलफल हुनेछ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएको थियो । चीन सरकारले लाओस, भियतनामलगायतका देशमा सञ्चालित परियोजनामा ७० प्रतिशतसम्म अनुदान दिएको छ । सोही आयोजनालाई आधार मानेर नेपाली पक्षले रेलमार्ग निर्माणमा ठूलो अनुदानको अपेक्षा राखेको छ ।

चीनको बीआरआई परियोजनामा समेत रेलमार्गलाई समावेश गरेको छ । दुई देशबीच हुने सहमतिबारे विस्तृत रूपमा सरकारी अधिकारीले नखुलाए पनि रेलमार्ग निर्माणमा केन्द्रित भई अन्य विषय समेत समेटेर सम्झौता गर्ने तयारीमा नेपाल छ । भ्रमणका क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइनमा सम्झौता गर्ने तयारी छ । नेपाल पक्षले चीन–नेपाल जोड्ने किमाथांका, कोरला–पाल्पा र हिल्सा–सुर्खेत सडकसहित नाकाको विकास, केरुङ–काठमाडौं जोड्न छहरे–टोखा सुरुङ मार्गबारे पनि प्रस्ताव गर्ने तयारी गरेको छ ।

यस्तै, अरनिको राजमार्गको स्तरोन्नति, जलविद्युत् विकास र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि आर्थिक सहयोगको प्रस्ताव अघि सार्दै छ ।हाल चीनको सहयोगमा टिमुरेको सुक्खा बन्दरगाह, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणको काम भइरहेको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु बाँकी छ भने कलंकी–महाराजगन्ज चक्रपथ विस्तारअन्तर्गत डिजाइनको काम भइरहेको छ ।

यसअघि चीनले कोटेश्वर–कलंकी चक्रपथ विस्तार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । त्यसअन्तर्गत कलंकी अन्डरपास निर्माण भएको थियो भने हाल कलंकीमा जाम हटेको छ । यस्तै, चीनको सहयोगमा दरबार हाइस्कुल, वसन्तपुर दरबार, नुवाकोट दरबार, दशरथ रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । राजधानी दैनिकबाट