१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमार्ग निर्माणका लागि समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर



अ+ अ-

काठमाडौँ । नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र (एमओयू)मा आइतबार हस्ताक्षर भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय र ‘चाइना इन्टरनेसनल डेभेलपमेन्ट को–अपरेसन एजेन्सी’बीच सुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा ‘एमओयु’ भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा सो ‘एमओयु भएको जानकारी दिए ।

काठमाडौँलाई चीनको केरुङसँग जोड्ने दुई मुलुकको प्राथमिकतालाई २४ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणले मद्दत पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन सुरु गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले बताए । गोरखापत्र दैनिकबाट