९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

असोज महिनाको २८ गते आज यी राशि हुनेहरुको दिन एकदमै राम्रो, थाहा पाउनुहोस् !

असोज महिनाको २८ गते आज यी राशि हुनेहरुको दिन एकदमै राम्रो, थाहा पाउनुहोस् !
अ अ+ अ-

वि.सं. २०७६ असोज २८। मंगलबार। इ.स. २०१९ अक्टोबर १५। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वितीया, २८ः४० उप्रान्त तृतीया

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ): परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ): नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ): सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या देखा पर्नेछन्।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ): सुन्दर पहिरन, आकर्षक व्यक्तित्व वा तारिफयोग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। आलोचकहरूबाट सजग रहनुहोला।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): शत्रुहरू स्वतस् किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): सुखद समाचार आउनाले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ): प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ): चिताएका काम प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा अग्रजहरूले साथ नदिन सक्छन्। तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ):बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। नेपाली पात्रो