२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–सम्वाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवअधिकार संरक्षणमा कठिनाइ भएको बताउनुभएको हो ।

“अझै पनि समाजमा कुसंस्कार छ, जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरु आइरहेका छन्”, आयोगका अध्यक्ष मगरले भन्नुभयो, “यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ ”, उहाँले जातीय विभेद धेरै हटेर गइरहेको सुनाउँदै भन्नुभयो, “अहिले धोती फेरर खाना खाने, सुनपानी छर्किने कुरा पनि छाडिसक्याँै, समाज परिर्वतन हुँदै गएको छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने, अनुसन्धानकर्ता, भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो ।

पूर्वीय चिन्तन र मानव अधिकार विशेषाङ्कमा ११ वटा लेख रहेका छन् । रासस