१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग



अ+ अ-

काठमाडौं । उपत्यकाका सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले विभिन्न मागहरू राख्दै विगत ९ दिनदेखि माइतीघर मण्डलामा लगातार प्रदर्शन गरिरहेका छन्।

उनिहरुले तीन बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् । उनिहरुले दृष्टिविहीन नागरिकहरूलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न पाउनु पर्ने , योग्यता र क्षमता अनुसार राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र राज्यले रोजगारी उपलब्ध गराउन नसके वैकल्पिक व्यवस्था स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

उहिनरुले काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि ससाना व्यवसाय वा काम गर्न रोक लगाएपछि आन्दोलनमा उत्रिनु परेको उनिहरुले जनाएका छन् ।

महानगरको यो कदमले आफूहरूको रोजीरोटी खोसिएको र जीवनयापनमा गम्भीर संकट पैदा भएको उनीहरूको गुनासो छ।

 

अनुप प्रधान/ न्युज एजेन्सी नेपाल