१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व: गृहमन्त्री खाँण



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आउनुभएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार्नुभयो ।

सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पार्नुभयो । एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उहाँले  निष्कर्ष निस्किने र अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री खाँणले भन्नुभयो, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”