२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले ठूला लगानीकर्तालाई करोडौं रुपैयाँ अनुदान दिनेभन्दा आम किसानलाई समयमै मल, गुणस्तरीय बीउ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस (असार १५) का अवसरमा शुभकामना सन्देश जारी गर्दै महासचिव पोखरेलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकाले किसानलाई हुन सक्ने क्षतिबाट जोगाउन सरकारले कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सरकारले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानका लागि आकर्षक अनुदान घोषणा गरेको उल्लेख गर्दै व्यावसायिक कृषि र आधुनिकीकरणका लागि यस्तो कदम सकारात्मक भए पनि यसबाट अधिकांश साना किसान लाभान्वित हुन नसक्ने बताएका छन्।

“सरकारले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ। व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैंमा नराम्रो होइन। तर प्रश्न उठ्छ, के आम नेपाली किसानको हैसियत त्यति ठूलो लगानी गर्न सक्ने बनेको छ र?” उनले सन्देशमा उल्लेख गरेका छन्।

पोखरेलले कृषि र किसानको भूमिकाको प्रशंसा गर्दै भौतिक रूपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व कहिल्यै कम नहुने बताएका छन्। उनले सरकारले यो यथार्थलाई स्वीकार गर्नुको सट्टा अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र र साना तथा मझौला किसानलाई अझै पनि प्राथमिकतामा राख्न नसकेको टिप्पणी गरेका छन्।

सरकारले नीति तथा कार्यक्रममार्फत मध्यम वर्गको संरक्षणको कुरा गरिरहेको उल्लेख गर्दै पोखरेलले संघर्ष गरेर उत्पादनमा निरन्तर लागिरहेका किसानलाई राज्यको बढी संरक्षण र साथ आवश्यक रहेको बताएका छन्। उनका अनुसार कृषिको वास्तविक विकासका लागि किसानमैत्री नीति र व्यवहारिक सहयोग अपरिहार्य छ।