१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ



अ+ अ-

महेन्द्रनगर। भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

पछिल्लो समय भारतसितको खुला सीमानाका भएका कारण पनि यहाँ भारतबाट लुकीछिपी विभिन्न किसिमका लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको प्रहरीको बुझाइ छ । पछिल्ला केही वर्षयता यहाँ लागुऔषधमा खैरो हिरोइनको अवैध कारोबार हवात्तै बढेको पाइन्छ । प्रहरीका अनुसार यहाँको कारागारमा ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रहरीले जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध न्यूनीकरणका लागि सक्रिय बनाएको बताउनुभयो ।

“हामीले समाजमा लागुऔषधको नियन्त्रणका लागि संलग्नलाई कारबाही र समाजमा विभिन्न ठाउँमा सचेनताका कक्षा पनि सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रहरी र स्थानीय प्रशासनसँगै यसको नियन्त्रणका लागि स्वयं अभिभावक र स्थानीय पालिकाहरू पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ ।” उहाँले वडा/टोल तहसम्म लागुऔषध नियन्त्रण र यसको रोकथामका लागि हुने सचेतनामूलक अभियानमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अढाइ महिनामा लागुऔषध मुद्दामा मात्रै पक्राउ सङ्ख्या अत्यधिक रहेको बताउनुभयो । “खैरोहिरोइन २१५ ग्राम, ६२१ मिलिग्राम बरामद भएको छ”, उहाँले भन्नुभयो, “चरेस, ट्रामाडोल, फेनारगन र एम्पुललगायत लागुऔषध प्रहरीले बरामद गरेको छ ।” रासस