काठमाडौँ। संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल–भारत संसदीयमैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीयमैत्री समूह’, ‘नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूह’ लगायत समूह गठन गरिएको हो ।











