२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको असमानता हटाउनुका साथै पारदर्शिता कायम गर्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताउनुभएको हो । उहाँले विधेयकले कानूनको रुप लिइसकेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पदाधिकारी र सेवासम्बन्धी असमानता पूर्ण रुपमा हट्ने दाबी पनि गर्नुभयो ।

उहाँले अन्य केही बेथितिहरु हटाउनको लागि छाता ऐनको तयारी समेत सरकाले गरिरहेको बताउनुभयो । कुनै राजनीतिक दललाई समर्थन गरेकै आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति विधेयक पारित भइसकेपछि हटेर जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको असमानता हटाउनको लागि यो विधेयक ल्याइएको हो । कतै दुई वटा डिन हुनुहुन्छ, कतै तीन वटा । उहाँको कार्यकालमा समेत असमानता रहेको छ । यसलाई हटाउनको लागि यो विधेयकसँगै हामीले छाता ऐनको अवधारणा समेत अगाडि बढाएका छौँ । अर्को कुरा यो विधेयक हामीले प्रतिष्ठानहरुमा पारदर्शीता ल्याउनको लागि अगाडि सारेका हौँ । प्रतिष्ठानका उपकुलहरुमाथि पटक पटक पारदर्शीताको प्रश्न उठिरहेको छ । यसअघि कुनै राजनीतिक दललाई समर्थन गरेकै आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने गरिन्थ्यो । अब यो विधेयक पारित भइसकेपछि मान्छेको दक्षता र विज्ञताको आधारमा नियुक्ति हुने व्यवस्था गरेका छौँ ।’

मन्त्री मेहताले विधेयक पारित भएपछि योग्यता र क्षमताको आधारमा पदाधिकारी छनोट हुने बताएसँगै राजनीतिक हस्तक्षेप घट्ने र संस्थागत सुशासन बलियो हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल