५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलकमा असाधारण काम गरेको दाबी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

एमालेको नीति, काम र गन्तव्य एकदमै सही दिशामा रहेको उहाँको जिकिर छ । उहाँले आफूले नीति परिवर्तन गर्नको लागि वाम एकताको कुरा नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा प्रतिगमन बढिरहेको भन्दै त्यसमाथि हस्तक्षेप गर्न वाम एकता जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले असाधारण काम गरेका हौँ । हाम्रा नीतिहरु एकदमै सही छन् । र नीतिको लागि हामीले वामपन्थी एकताको कुरा गरेका होइनौँ । हाम्रा आर्थिक, सामाजिक नीति, परराष्ट्र नीति सबै ठिक छन् । सुखी नेपाली समृद्ध नेपाल नै हाम्रो नीति हो र हाम्रो समाजवाद हो । सुखी र समृद्धिको लागि पहिलो कुरा सुरक्षा हो । सुरक्षाबिना सुखी हुन सकिँदैन ।’

उहाँले जनताको बहुदलीय समाजवादको आधारमा पार्टी अगाडि बढ्ने कुरामा समेत जोड दिनुभयो ।