१५ आश्विन २०८१, मंगलवार
,
Latest
होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निदान अस्पतालका सिइओसहित ५ जना पक्राउ, मृर्गौला किनबेच गरेको आरोप



अ+ अ-

काठमाडौं । मृर्गौला किनबेच गरेको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सिइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।