१५ आश्विन २०८१, मंगलवार
,
Latest
दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचियो मैतीदेवी मन्दिरको जग्गा



अ+ अ-

काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करीब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ ।

पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये विसं २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको छ । वडा कार्यालयले नर्सरी सञ्चालन गर्न जग्गा दिएपछि मन्दिर क्षेत्र अस्तव्यस्त बनेको दर्शनार्थी रामसुन्दर बजगाईंले गुनासो गर्नुभयो ।

मन्दिरको जग्गाबाट नर्सरी हटाउन पहल भइरहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नहुँदा शहरी विकास तथा भवन निर्माण विभागले तोकेको कर्मचारी संयन्त्रले मन्दिर सञ्चालन गर्ने गरेको थियो । हाल काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्षको अध्यक्षतामा मन्दिर क्षेत्र प्रबन्ध समिति बनेको छ ।

समितिले मन्दिर क्षेत्रलाई सुन्दर एवं आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन लागेको अध्यक्ष दलबहादुर कार्कीले सुनाउनुभयो । बाक्लो बस्तीका बीचमा रहेको धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित बनाई आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने वडाको योजना छ ।

मन्दिर व्यवस्थित बनाउन सञ्चालन निर्देशिका मस्यौदा गरी काठमाडौँ महानगरपालिका कार्यपालिकामा पेश गरिएको समिति सदस्य विश्वराज रेग्मीले बताउनुभयो । नगर कार्यपालिकाले निर्देशिका पारित गरेपछि नर्सरीलाई हटाई मन्दिर क्षेत्र थप आकर्षक र व्यवस्थित गर्न लागिएको हो । मैतीदेवी मन्दिरअघिको धर्मशाला चार वर्षअघिको भूकम्पले भत्किएपछि अझै पुनःनिर्माण हुन सकेको छैन ।

पशुपतिनाथमा गाईले दूध चढाएपछि खनेर हेर्दा ठूलो ढुङ्गा भेटिएको थियो । ढुङ्गालाई बञ्चरोले हान्दा तीन टुक्रा भयो । एक टुक्रा हालको पशुपतिनाथ मन्दिरमै रहेको छ । अर्को टुक्रा ज्ञानेश्वरको महादेव मन्दिरमा छ । तेस्रो टुक्रामा मैतीदेवी मन्दिर बनेको किंवदन्ती प्रचलित छ । पशुपतिनाथ मन्दिरको तुलनामा मैतीदेवी ज्ञानेश्वरको महादेव मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।