२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी म्यान्मारमा, नेपाल एयरलाइन्सकाे विमानकाे प्रयाेग



अ+ अ-

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा म्यान्मार भ्रमणका क्रममा बुधबार साँझ राजधानी नेपित पुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गर्नुभएको थियो ।

नेपाल वायुसेवा निगमकाे विमानबाट म्यान्मार पुग्नुभएका राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहारका साथ स्वागत गरेका थिए । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान राष्ट्रपति कार्यालयमा भेटवार्ता हुनेछ । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही भवनमा भेट गर्नुहुनेछ ।

बिहिबार नै म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका सेनाप्रमुखले भेट गर्नुहुनेछ । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ ।