१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीद्वा ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना पक्राउ परेका छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पुल्चोकस्थित सो अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अस्पतालले एक जनाको मृगौला झिक्ने भनी अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।