११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
अ अ+ अ-

पर्वत। पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा (मार्बल) स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ ।

मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो । तत्कालीन क्याङ, देउराली र भुकताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो ।

मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षमा पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो ।

गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सृजना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको छ ।

चालु खर्चबाट व्यवस्थापन गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहाँबाट वार्षिक करोडौँ आम्दानी हुने अनुमान छ ।

मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो ।

सबैले खानीका बारेमा आआफ्नै हिसाबले दावा गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताउनुभयो । उहाँले विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको बताउनुभयो । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो ।

खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहँुंदा प्रयोगविहीन बनेका छन् । खानी सञ्चालनका समयमा दैनिक सयाँै मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे । “खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विकले अब खानी सञ्चालन हुने आशा जागेको बताउनुभयो ।

विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गर्नुभयो । यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आउनुभएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मतान छाउन प्रयोग हँुंदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्दछन् ।

एकपटक छाएको घर दुईतीन पुस्तासम्म पुग्ने गाउँलेहरूको भनाइ छ । खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताउनुभयो । कतिपयले सिङ्गो ढुङ्गालाई पर्खालका रूपमा राख्न लग्ने गरेका थिए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । केहीले ढुङ्गाा कुद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । यहाँको खानीमा निकालिएका ढ्ङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, म्याग्दी, काठमाडौँ लगेको स्थानीय पुनको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्रायःजसो सबै घर ढुङ्गाले छाइएका छन् ।

“पहिला खानी सञ्चालन हुंँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए”, स्थानीय हर्कबहादुर पुनले भन्नुभयो, “अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।” खानी तीन हजार १०० मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुङ्गा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन् । ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुईतीन पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुन बताउनुभयो । “खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो”, उहाँले भन्नुभयो, “त्यही भएर सरकारी नियमानुसार हामी कार्य गर्न तयार छौँ ।” पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौँलगायत सहरमा लैजान सहज हुने पुनको भनाइ छ ।

असिना पर्दा र अरु कारणले मात्रै ढुङ्गा फुट्ने र एकपटक लगानी गरेपछि वर्षौँसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो । माटेको ढुङ्गा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका स्थानीय नरबहादुर पुनले भन्नुभयो।

अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा छौँ । जिल्ला बाहिरसमेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि पनि खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीय गङ्गाबहादुर विकले बताउनुभयो । रासस