१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहारबाट एकको मृत्यु दुई घाइते



अ+ अ-

हेटौँडा । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला सन्तमाया लोको मृत्यु भएको र मृतकका श्रीमान् ५५ वर्षीय कालबहादुर लो र छिमेकी २६ वर्षीया देवीमाया मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गए राति बकैया गाउँपालिका– ३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

घाइतेको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राति नै हतियारसहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।