१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : अध्यक्ष दाहाल



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ ।

नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट खतरा हुनसक्ने बताउनुभयो ।

सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उहांँले भन्नुभयो, “हामी बिग्रियौँ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ ।” पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उहांँले थप्नुभयो, “कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।” प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ उहाँले प्रश्न गर्नुभयो ।

दाहालले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताउनुभयो । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उहाँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार गर्यौ भने मात्र शुभकामना सार्थक हुने उहाँले बताउनुभयो ।

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।” सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै उहाँले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताउनुभयो । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नं ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेपाली काङ्ग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।