१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित



अ+ अ-

काठमाडौं । टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ ।

मानव अधिकारबादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताउनु भएको छ । बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्ने सक्ने पनि उहाँले थप जानकारी दिनु भएको छ ।

विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताउनु भएको छ ।

उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।