१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ



अ+ अ-

झापा। झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकास्थित झिलझिले क्षेत्रमा खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुबाट पटक–पटक जबर्जस्ती करणी भएको, त्यसबाट गर्भ रहन गई शिशुको जन्म भएको र बाबुकै सल्लाहमा नवजात शिशुको शव गाडिएको बयान दिएपछि प्रहरीले नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरी आरोपितको खोजी थालेको थियो ।

प्रहरीका अनुसार आरोपित व्यक्ति रोल्पामा कामका लागि जाने भन्दै घरबाट निस्किएका थिए । आफूलाई खोजी भइरहेको थाहा पाएपछि उनी विभिन्न स्थानमा लुक्दै बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले असार ३ गते नै आरोपितलाई आफ्नै छोरीसँग होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई झापा ल्याएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

पीडित युवतीलाई भने हाल काकडभिट्टास्थित ‘आफन्त नेपाल’ को संरक्षणमा राखिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।