१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–फोरम समायोजन, अझै आएन गच्छदारका ११ जनाको नाम



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन्। आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् ।

यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।

उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य महेश आचार्य र केन्द्रीय सदस्य दीपक गिरी सदस्य रहेको समायोजन समितिले महासमिति सदस्य २ सयसहित ६ सय जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको थियो। यसअनुसार मोरङमा १ उपसभापति, १ सहसचिव, १५ सदस्य, सुनसरीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, कैलालीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, बर्दियामा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सप्तरीमा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सर्लाही, दाङ, पर्सा र काभ्रेमा १/१ उपसभापति र ७/७ सदस्य, झापा र रूपन्देहीमा १/१ उपसभापति र ५/५ सदस्य तत्कालीन फोरममा समायोजित हुनेछन्।

यस्तै बारा र बाँकेमा १–१ उपसभापति र ३–३ सदस्य, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुरमा १–१ सहसचिव र ३–३ सदस्य, उदयपुर र महोत्तरीमा सहसचिव १–१ र सदस्य २–२ जना फोरममा समायोजित हुनेछन्। काठमाडौं र नवलपरासीमा समायोजन हुनेको संख्या र पद भने तोकिएको छैन।

केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेश सभा, प्रतिनिधिसभा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, गाउँ, नगर–वडा, भ्रातृ संघ र शुभेच्छुक संस्थाको कार्यसमितिमा अझै पनि समायोजन हुन सकेको छैन। प्रवक्ता शर्माका अनुसार जिल्लामा समायोजन प्रक्रिया टुंगिन बाँकी छ। सोही कार्यका लागि उपसभापति गच्छदार बुधबार सुनसरीमा रहेका थिए। नेपाल समाचारपत्र दैनिकबाट