१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या आरोपित पक्राउ



अ+ अ-

सप्तरी । सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ । हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई दुई वर्ष चार महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो । अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।

आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।