१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेल्सन मण्डेलाकी छोरी राजदूत



अ+ अ-

सियोलः दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् ।
गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल आइपुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन् ।
योनहाप समाचार संस्थासँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको सुनाइन् । उनले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउनेतर्फ कार्य गर्ने स्पष्ट गरिन् ।
उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने कार्यक्रम छ ।
हाल ६० वर्ष पुगिसकेकी जेनानी नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी हुन् । यसअघि उनले पाँच वर्षसम्म अर्जेन्टिनाको राजदूतको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी मरिससका लागि उच्चायुक्त समेत बनेकी थिइन् ।