२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिनेसम्बन्धी एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्वसर्तकता अपनाउन बुधबार सूचना जारी गरिसकेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला भारतीय पक्षबाट पत्राचार भएकाले आवश्यक सर्तकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभयो ।