१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके वागे पक्राउ



अ+ अ-

काठमाडौं । गुण्डा नाइके वागे भनिने सन्देश लामा पक्राउ परेका छन्। प्रहरीले बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको गुनासो आएपछि गुण्डा नाइके वागेसहित १८ जनालाई प्रकाउ गरेको हो ।

पक्राउ परेका गुण्डा नाइके बाघे बालुवा डिपो सञ्चालक हुन्। उनीसहित १८ बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरुले बढी मूल्य लिएर कम परिमाणमा बालुवा बेच्ने गरेको गुनसो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्। यसबारे दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ।