१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरामद गरिएका हतियार, नगदसहित महत्वपूर्ण कागजात सार्वजनिक



अ+ अ-

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्र तिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिको बारेमा र उनीहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसासहित अन्य महत्वपूर्ण दस्ताबेजहरु आज सार्वजनिक गरेको हो ।

प्रहरीले आज एक प्रेस विज्ञप्ति जारी गरी छ थान पेस्तोल, दुई थान म्यागजिन, नौ वटा गोली, एउटा सुतली ब म र रु तीन लाख ८४ हजार ५३० नगद बरामद गरेको उल्लेख गरेको छ । साथै, ३७ थान मोबाइल सेट, ग्लोबल आइएमइको चार वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनीतिक दर्शनका किताब, चन्दा उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभएको छ ।

बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल तयारी अवस्थामा प्रहरीले भेटाएको जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरगञ्ज भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा सुभाष, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष दीपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा, दाङका जिल्ला इञ्चार्ज यमलाल कटुवाल सहित २१ जना रहेका छन् ।

पक्राउ परेकालाई सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।