१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटेबाघको छालासहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । पाटेबाघको दुई थान छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट प्रहरी नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका- १५ ठुलो भर्याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २३ वर्षीय शरण थापामगर र काठमाडौं नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ४१ वर्षीय राम तामाङलाई पक्राउ परेका हुन् ।

दुर्लभ वन्यजन्तुको छाला सञ्चय गरी बिक्री वितरणको लागि ओसारपसार गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.४२प ९८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा छाला फेला परेको प्रहरीले जनाएको छ।