९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण



अ+ अ-

भैरहवा। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ ।

सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जाने नागरिकको सङ्ख्या बढ्दै जाँदा राहदानी सेवाको मागमा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।

उहाँले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन कार्यालयले आवश्यक व्यवस्थापन गरेसँगै सेवाग्राहीबाट गुनासो आउनेक्रम रोकिएको जानकारी दिनुभयो ।

सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताउनुभयो ।

उहाँले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रोजगारीका लागि जाने युवाको सङ्ख्या बढी रहेका अवस्थामा तुलनात्मक रुपमा धेरै जनसङ्ख्या भएको रुपन्देहीमा राहदानीको माग बढेको स्पष्ट गर्नुभयो ।

 उहाँले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताउनुभयो ।

यसैगरी, रपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राहदानीसँग सम्बन्धित सेवाग्राहीको चापलाई दृष्टिगत गरी अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन तथा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएकाले सेवाप्रति गुनासो नरेको बताउनुभयो । रासस