१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै

मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
अ अ+ अ-

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।

कलेजले आजदेखि असार १४ गतेसम्म विविध शैक्षिक, सिर्जनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै रजतजयन्ती भव्य रूपमा मनाउने घोषणा गरेको हो ।

आज काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले विसं २०५८ असार १४ गते स्थापना भएको क्याम्पसले २५ वर्षे यात्रा पूरा गर्न लागेको जानकारी दिँदै सो अवसरलाई विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम तय गरिएको बताउनुभयो ।

उहाँका अनुसार असार ९ गते ‘करियर एक्स्पो’ आयोजना गरिनेछ । जहाँ विभिन्न कम्पनीका कक्ष, रोजगारदाता तथा विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया, इन्टनसीप तथा रोजगारीका अवसरबारे जानकारी प्रदान गरिनेछ । साथै उद्योगी, व्यवसायी तथा विभिन्न पेसाकर्मीहरूसँग अन्तरक्रिया र नेटवर्किङ कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

कार्यक्रमअन्तर्गत ‘फुड फेस्ट’, विद्यार्थीहरूको उत्तरदायित्व विकास, कला तथा इ-स्पोट्र्स प्रतियोगिता, सामाजिक संवाद र सामुदायिक सहभागितासम्बन्धी विविध कार्यक्रम समावेश गरिएको क्याम्पस प्रशासनले जनाएको छ । रजत महोत्सवको समापन समारोह असार १४ गते आयोजना हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । समापन समारोह कै अवसरमा क्याम्पसले तयार गरेको ‘कलेज गान’ सार्वजनिक गरिने छ भने वार्षिक साहित्यिक प्रकाशन ‘श्वेत शार्दूल’ को २२औँ अङ्क विमोचन गरिने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा गैरनाफामूलक सामुदायिक शैक्षिक संस्थाका रूपमा क्याम्पस स्थापित रहेको जानकारी दिइएको थियो । रजत महोत्सवले क्याम्पसको २५ वर्षे शैक्षिक योगदानको समीक्षा गर्दै आगामी यात्राका लागि नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।