१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश



अ+ अ-

काठमाडौं । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारीे मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो ।

महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ । यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद् सञ्जीव अधिकारी बताउनुहुन्छ ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ । मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसम सम्बन्धी अद्यावधिक जानकारी तथा आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ ।

विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ ।