२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि



अ+ अ-

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ ।

श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने बताउनुभयो ।

उहाँका अनुसार सेवा निर्यातले हाल श्रीलङ्काको कूल निर्यात आम्दानीको करिब २२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२५ मा सेवा निर्यातबाट श्रीलङ्काले तीन अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो ।

चालु वर्षको पहिलो चार महिनामा सेवा निर्यातबाट एक दशमलव २८ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० दशमलव पाँच प्रतिशतले बढी हो । सूचना प्रविधि क्षेत्रले विशेष रूपमा उल्लेखनीय वृद्धि हासिल गरेको विजेसिंघेले उल्लेख गर्नुभयो ।

उहाँले सरोकारवालासँगको परामर्शमा विगत १० महिनादेखि राष्ट्रिय निर्यात विकास योजना (एनइडिपी) तयार गरिएको जानकारी दिँदै उक्त योजनाले सूचना प्रविधि र ढुवानी तथा आपूर्ति क्षेत्रलाई थप विकास गर्नुपर्ने प्रमुख सेवा क्षेत्रका रूपमा पहिचान गरेको बताउनुभयो ।

विजेसिंघेका अनुसार आइटी क्षेत्रको निर्यात आम्दानी हालको करिब दुई अर्ब अमेरिकी डलरबाट पाँच अर्ब डलरभन्दा माथि पु¥याउन सके ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै देशमा विदेशी मुद्रा आर्जनसमेत उल्लेख्य रूपमा बढ्नेछ । जहाज निर्माण, जहाज मर्मत र ढुवानी तथा आपूर्ति क्षेत्रले पनि पर्याप्त अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले श्रीलङ्काको भौगोलिक अवस्थिति यी क्षेत्रको विकासका लागि अनुकूल रहेको बताउनुभयो ।

ती क्षेत्रलाई द्रुत र रणनीतिक रूपमा विकास गर्नसके देशले थप विदेशी मुद्रा आर्जन गर्नसक्ने उहाँको भनाइ छ । एनइडिपीअन्तर्गत श्रीलङ्काले विभिन्न प्राथमिकताप्राप्त क्षेत्र पहिचान गरेको छ । विद्यमान प्रमुख निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै उत्पादन विविधीकरण, बजार विस्तार तथा नयाँ मुलुकसम्म पहुँच बढाउन नयाँ क्षेत्रको विकास आवश्यक रहेको विजेसिंघेले बताउनुभयो ।