११ भाद्र २०८३, बिहीबार
,
Latest
निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी



अ+ अ-

काठमाडाैँ । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि बन्दसत्रमा प्रवेश गरेको छ। गेस्टहाउस चौरमा आइतबार उद्घाटन भएको महाधिवेशन अब चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा औपचारिक छलफल र निर्णय प्रक्रियामा केन्द्रित हुँदैछ। देश–विदेशबाट आएका करिब चार हजार एक सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन्।

उद्घाटन दिन प्रतिनिधिहरूले आफैं होटल तथा खानपिनको व्यवस्था मिलाएका थिए। तर आजदेखि भने पार्टीले सम्पूर्ण भोजन व्यवस्थापनको जिम्मा लिएको छ। बिहानैदेखि महाधिवेशन स्थलमै ब्रेकफास्ट सुरु गरिएको छ भने प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र बेलुकाको खानाको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार बिहानको भोजनमा खसीको मासु र भात समावेश गरिएको छ भने बेलुकीका लागि मिक्स भेज तरकारीको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूलाई दिनभरको बसाइ सहज बनाउन खानपिनको व्यवस्थापन व्यवस्थित रूपमा अघि बढाइएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनको खानपिन व्यवस्थापनको जिम्मा दियालो फुडल्यान्डले तीन दिनका लागि लिएको छ।

तस्बिरः प्रदीप राज वन्त, रासस