२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु



अ+ अ-

काठमाडाैँ । काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ ।

पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको बा४ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा४ख ९९०९ नंको टिपरको बीचमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताउनुभयो ।