१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
अ अ+ अ-

काठमाडाैँ । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ । नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।

अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । लागुऔषधका ओसारपसार र सेवन गरेको अभियोगमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार झापा कारागारमा रहेका कैदी ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा २०८ जनाले लागुऔषधको बेचबिखन र ओसारपसार संलग्न भएको कसुर खेपिरहेका छन् । लागुऔषध दुव्र्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा छन् ।

लागुऔषध सेवनकर्ताको यकिन तथ्याङ्क सार्वजनिक नभए पनि जिल्लामा १५ हजारभन्दा बढी रहेको हुनसक्ने प्रहरीको अनुमान छ । वार्षिक तथ्याङ्कले झापामा लागुऔषधको घटना बढिरहेको देखाएको छ । लागुऔषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८÷०७९ मा २०० जना, २०७९÷०८० मा २०६ जना, २०८०÷०८१ मा २९७ जना, २०८१÷०८२ मा ३४५ जना र चालु आव २०८२÷०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् । जिल्लामा लागुऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहे तापनि भद्रपुर, बिर्तामोड र दमक पनि रहेको प्रहरीले जनाएको छ ।

चालु आव २०८२÷०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ । भारतबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२ जना, भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२, अर्जुनधाराबाट १६, गौरीगंजबाट १३, कमलबाट सात, गौरादहबाट छ, बुद्धशान्तिबाट ५, कचनकवलबाट दुई र हल्दिवारीबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउनुहुन्छ । झापामा प्रहरीले लागुऔषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।

लागुऔषधको सेवन र कारोवारीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षम खड्काले बताउनुभएको छ । लागुऔषधसम्बन्धी समस्या न्यूनीकरण गर्न, आयात नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित प्रहरीले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दोस्रो चरणमा लागुऔषधविरुद्धको सेचतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने छ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद गरिनेछ । चौथो चरणमा ७१ वटा प्रहरी एकाइमार्फत समुदायस्तरीय लागुऔषध नियन्त्रण क्लब गठन गरिने भएको छ ।