३० श्रावण २०८३, शनिबार
,
Latest
बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता



अ+ अ-

काठमाडौँ। इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) का दुई प्रमुख कम्पनीहरूले नयाँ कायरोमा ३.१ अर्ब अमेरिकी डलरभन्दा बढीको बृहत् एकीकृत शहरी परियोजना विकास गर्न एक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

इजिप्टको मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिअनुसार, नयाँ कायरोको मडा सिटीमा निर्माण हुने यस परियोजनाका लागि इजिप्टको मिदार फर इन्भेष्टमेन्ट एण्ड अर्बन डेभलपमेन्ट र युएईस्थित माजिद अल फुतैम होल्डिङबीच साझेदारी भएको हो । यो परियोजना कुल ५५३ फेडान (करिव २.३२ वर्ग किलोमिटर) क्षेत्रफलमा फैलिनेछ । हस्ताक्षर समारोहमा सहभागी इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले यस परियोजनालाई निजी क्षेत्रको साझेदारीको एक सफल नमूनाको रूपमा चित्रण गर्नुभयो ।

उहाँले यति ठूलो स्तरको परियोजना प्रत्यक्ष रूपमा करिव ९० देखि ९५ वटा विभिन्न उद्योग र सेवाहरूसँग जोडिने उल्लेख गर्दै यसबाट लाखौं इजिप्टेली युवा तथा कामदारहरूका लागि दिगो रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा माजिद अल फुतैम होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहमद जलाल इस्माइलले सन् १९९० को दशकदेखि इजिप्टका १९ वटा प्रान्तमा आफ्नो कम्पनीको लगानी २.८ अर्ब डलर नाघिसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार यस लगानीबाट हालसम्म २ लाख २६ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेका छन् ।

त्यसैगरी, मिदारका प्रबन्ध निर्देशक एवं सीईओ आयमान एल्कुसीले यस नयाँ परियोजनाबाट भविष्यमा ४० अर्ब इजिप्टेली पाउन्ड (करिव ८३ करोड अमेरिकी डलर) भन्दा बढी प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको बताउनु भयो । उनले मिदारले इजिप्टमा ४६ वटा विकास परियोजनाहरू कार्यान्वयनका लागि हालसम्म २९ भन्दा बढी विकासकर्ताहरूलाई आकर्षित गरिसकेको समेत जानकारी दिनुभयो ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल