१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस र बिडिएसमा बृद्धि गरेको शुल्क खारेज विद्यार्थी संगठनको माग



अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएसमा बृद्धि गरेको शुल्क खारेज गर्न नौ विद्यार्थी संगठनले माग गरेका छन्।

आइतबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा बैठकले तत्काल विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न पनि माग गरिएको छ। ‘अहिले सरकारले मेडिकल कलेजहरूमा बढाएको शुल्क तत्काल खारेज गरेर व्यवस्थित गरियोस्। अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, अनेरास्ववियु पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जिवी यादव, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्मा सहभागी बैठकले कात्तिक २० गते अन्तर्क्रिया कार्यक्रम पनि गर्ने निर्णय गरेको छ।