११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित



अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

सो अवसरमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित हुनुभएको थियो । त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्णविनोद लम्साल र ०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो ।

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ र ०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरियो ।

त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।