३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलिचो भक्ति यात्रा सम्पन्न



अ+ अ-

मुस्ताङ।  तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ । श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो ।

विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो । मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।

प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिनुभयो । भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पु¥याएको गुरु रेग्मीले उल्लेख गर्नुभयो ।

यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रासम्बन्धी अन्तरक्रिया गरेको थियो । टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पु¥याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो ।

पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ । रासस